अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

शेयर बजारमा ११ अंकको गिरावट

बिआरटीनेपाल २०७९ भदौ २६ गते ७:०५ मा प्रकाशित

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ ।आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४.५६ प्रतिशत बढेको छ । सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ । तर छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव ४ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया