अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

बिआरटीनेपाल २०७९ भदौ २३ गते ६:४२ मा प्रकाशित

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताउनुभएको
छ । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भन्नुभयो, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’ एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेको सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उहाँले बताउनुभयो । ‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए,’ सिंहले भन्न्ुभयो, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको सिंहको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहि रहनका लागि दुई दुई पटक संसद विघटन गरेको उहाँले बताउनुभयो । ओलीको सोही कदमका कारण पाँच दलीय गठबन्धन बनेको बताउँदै महामन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने ठहर गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू