अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

बिआरटीनेपाल २०७९ भदौ २२ गते ६:१९ मा प्रकाशित

शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू