अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

दशरथ रंगशालामा असोज १५ गते कन्सर्ट हुँदै

बिआरटीनेपाल २०७९ भदौ २० गते ६:०७ मा प्रकाशित

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो।दसैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजंग कुँवर, बर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति दिनेछन्।

कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवामा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको बताउनुभयो।

उहाँले महोत्सवमा टिकटक प्रतिस्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु पाउने बताउनुभयो। कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो। कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ।

प्रतिक्रिया