अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

शेयर बजार घटेकाे घट्यै, लगानीकर्ता निराश हुँदा १ अर्ब रुपैयाँको पनि कारोबार भएन

बिआरटीनेपाल २०७९ भदौ २० गते ५:११ मा प्रकाशित

शेयर बजार आज साेमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नाै सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ ।आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश बन्दा कारोबार रकममा निकै कमी आएको छ । कुनै बेला एक दिनमै झन्डै २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँ पनि पुग्न मुस्किल देखिएको छ ।

आज दुई सय २४ वटा कम्पनीकाे २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज रुरु जलविद्युतको शेयर साढे ६ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने साढे सात प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया