अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

अर्थतन्त्रमा सहजता देखिन थाल्याे: गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ भदौ १८ गते ४:२२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा गत मंसिर यता भने सहजता देखिन थालेको बताउनुभएकाे छ ।तर जोखिम कम नभएको भन्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले सजगता भने नहटाएको बताउनुभएकाे हाे । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सोही अनुसार आयातमा केही वस्तुको कडाई कायम रहेको बताउनुभयो ।

बाह्य क्षेत्रमा जोखिम कम नभएको अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसार भरका अर्थमन्त्री र गभर्नर दबावमा परेकाे उहाँले बताउनुभयाे । नेपालमा समेत मूल्यको दबाव यथावत रहेको उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू