अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

अगस्ट महिनामा ४१ हजार ३ सय जना पर्यटक नेपाल आए

बिआरटीनेपाल २०७९ भदौ १७ गते ७:१३ मा प्रकाशित

गएको अगस्ट महिनामा ४१ हजार तीन सय चार जना पर्यटक हवाई माध्यमबाट नेपाल आएका छन् । अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये १८ हजार आठ सय ५२ जना अर्थात् ४५ दशमलव ६ प्रतिशत सार्क राष्ट्रका नागरिक रहेका छन् भने बाँकी अरू देशका रहेका नेपाल पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यस वर्षको अगष्ट महिनामा नेपाल आएका पर्यटकको सङ्ख्या कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को भन्दा ४४ प्रतिशतले कमी हो । सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए । महामारीका कारण सन् २०२० र २१ मा भने पर्यटकको सङ्ख्या निकै कमी थियो । २०२० को अगस्टमा दुई सय ५६ जना र २०२१ को अगस्टमा पाँच हजार नौ सय १७ जना पर्यटक नेपाल आएका थिए ।

अगस्ट महिनामा युद्धग्रस्त युक्रेनबाट ७७ जना र युक्रेनमा आक्रमण गरिरहेको रुसबाट दुई सय ४९ जना पर्यटक नेपाल आएका छन् । पर्यटन व्यवसायमा सेप्टेम्बरदेखि नयाँ सिजन सुरु हुन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले उत्साहजनक भएको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू