अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७९ भदौ १६ गते ६:०५ मा प्रकाशित

अभिनेता प्रदिप खड्काकाे फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ ।नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको आज (बिहिबार) हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हाे । १ मिनेट ५८ सेकेन्डको लामो ट्रेलरमा प्रेम र युद्धलाई देखाइएको छ । प्रेमिका र राज गद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई फिल्मको कथा बनाइएको छ ।

आगामी असोज ७ गतेबाट प्रदर्शन हुने यो फिल्म हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने पहिलो फिल्म हो । यसअघि निर्माण टिमले फिल्मको नेपाली र हिन्दी भाषामा दुई वटा टिजर सार्वजनिक गरेको थियो । जसमध्ये दर्शकको हिन्दी भाषाको टिजर मन पराएका थिए ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की र प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले उक्त फिल्मबाट डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया