अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

नेपाल एयरलाइन्सका अध्यक्षले संस्थालाई तहस नहस बनाए : पर्यटनमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७९ भदौ १५ गते ५:३६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाउनुभएको छ ।मन्त्री श्रेष्ठले एयरलाइन्सले सबै आन्तरिक तथा बाह्य जहाजलाई उडान गर्न नसकेको बताउनुभयो । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उहाँले बताउनुभयो ।

जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया