अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

राजकुमार बोलको गीत सार्वजनिक 

बिआरटीनेपाल २०७९ भदौ १४ गते १०:३९ मा प्रकाशित

पदम लोहारको प्रस्तुतिमा “राजकुमार” बोलको गीत सार्वजनिक भएको छ । पदमकै लेखन र सत्य~स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् । यस गीतलाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ किशोर थापाले गरेका छन् ।

वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नकाे गीतलाई म्युजिक भिडियो सहित तयार पारिएको छ । जसलाई ताेसित घतानीले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रञ्जन महतको छायाङ्कन अनि निर्देशक ताेसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गाैलीले गरेका छन् । भिडियोलाई सत्य~स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया