अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

न्यान्सी पेलाेसीकाे ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीति : पुटिन

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:४० मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गर्नुभएको छ ।

मस्कोमा भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उहाँले पेलोसीको भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई अरू देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन भनेर टिप्पणी गर्नुभएको छ ।

सभामुख पलोसीले केही दिनअघि ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभएको थियो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर पुनः दाबी गर्न सक्ने बताउँदै आएको छ । एक चीन नीति पालना गर्दै आएको अमेरिकाले ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई पनि कायम राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू