अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

भारतले जिम्बावेलाई १० विकेटले हरायाे

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:२७ मा प्रकाशित

जिम्बावेसँगकाे पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १० विकेटले विजयी भएकाे छ । हरारेमा जिम्बावेले दिएकाे एक सय ९० रनकाे लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा गर्‍याे । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले ४० ओभर ३ बलमा अलआउट हुँदै एक सय ८९ रन बनायाे । जिम्बावेका लागि रेगिस चकाभाले ३५, रिचार्ड एनगराभाले ३४ र ब्राड इभान्सले नटआउट ३३ रन बनाए । बलिङतर्फ भारतका दीपक चाहर प्रधिश कृष्ण र अक्षर पटेलले तीन/तीन विकेट लिए । यस्तै माेहम्मद सिराजले एक विकेट लिए ।

याेसँगै भारतले जिम्बावेसँगकाे तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ । तीन खेलकाे एकदिवसीय शृङ्खलाका लागि भारत जिम्बावे भ्रमणमा छ ।

प्रतिक्रिया