अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

देशभर ५४२ जना कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:२० मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गरिएको थियो ।२ हजार ८२ जनाको पीसीआर र २ हजार ८ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ४ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू