अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ २४ र २५ गते

बिआरटीनेपाल २०७९ भदौ १ गते ७:१९ मा प्रकाशित

भदौ अन्तिम साता एनआरएनए स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिष्पर्धा हुने छ । त्यस्तै, महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिष्पर्धा हुने छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लव, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५/५ हार रुपैयाँ पाउने छन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू