अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : निर्देशक घिसिङ

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:५४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरण गएको वर्ष हालसम्मकै उच्च १६ अर्ब बढी खुदा नाफा गर्न सफल भएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गर्नुभयो । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताउनुभयो ।

उहाँले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिमाण, ४ सय ५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा वृद्धि साथै अन्य आय तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको बताउनुभयो ।

प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजना समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूला क्षमताका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू