अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:५० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ ।बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबारको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताउनु भयो ।

प्रवक्ता महराले बुधबारको बैठकबाट करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताउनुभयो । प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू