अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल काठमाडौं आइपुगे

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:२९ मा प्रकाशित

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् ।उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा उनका प्रशंसकहरू जम्मा भएका थिए । उनी आफ्नो पहिलो नेपाल कन्सर्टका लागि नेपाल आएका हुन् । अर्थर गनसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।अर्थर गनले काठमाडौं, चितवन, पोखरा र बुटवलका शहरहरूमा कन्सर्ट गर्दैछन् । उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुने छ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा प्रस्तुति दिनेछन् ।

अगस्ट २४ मा चितवनमा उनले आफ्नो प्रस्तुती दिने छन् । त्यस्तै, अगस्ट २६ मा पोखरा र अगस्ट ३१ मा बुटवलमा कन्सर्ट गर्ने भएका छन् । अर्थर एक महिनाका लागि नेपाल आएका हुन् । उनी पहिलो पटक नेपाल आएका हुन् । अर्थर सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू