अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

दार्चुलामा जिप दुर्घटना : कम्तीमा ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:२५ मा प्रकाशित

दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन् ।

थापाका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । घटनास्थलमा मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका थिए । उनीहरुकै सहकार्यमा घाईतेहरुको उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू