अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो : एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:२५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इतिहासमा पनि पटक–पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप आरोप लगाउनुभयो । उहाँले कांग्रेस आफ्नो नीति, आचरण, सिद्धान्त, व्यवहार सबै भुलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ता बनेको टिप्पणी गर्नुभयो ।

यस्तै, अध्यक्ष ओलीले माओवादी केन्द्रलाई महान जनयुद्ध भनेर १७ हजार नेपालीलाई मारेको, हिजो अपाङ्ग भएको, अंगभंग भएकाहरु कहाँ छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले माओवादी सबैलाई बेवास्ता गरेर चुनावको बेला झुट बोल्न सिपालु रहेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै एमालेविरुद्ध अनेकथरी तत्व जोडिएको आरोप लगाउनुभयो । उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू