अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

क्रिष्टल प्यालेससँग बराबरीमा रोकियो लिभरपुल

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:५२ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।सोमबार राति लिभरपुलको मैदान एनफील्डमा भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो ।खेलमा प्यालेसका विल्फ्रेड जाहाले ३२ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६१ औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि बराबरी गोल गरे ।

खेलको ५७ औं मिनेटमा लिभरपुलका उरुग्वेन खेलाडी डार्वीन नुनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली थप दबाबमा आयो । यो बराबरीपछि लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित हात पार्ने अवसर गुमाएको छ । ।

लिगमा दुई खेलको समाप्तीपछि ६–६ अंक जोडेका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । २ अंक मात्रै जोडेको लिभरपुल तालिकाको १२ औं स्थानमा छ । प्यालेस १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया