अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:४२ मा प्रकाशित

केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी हुनुभएको छ ।हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी हुनुभएको हो । यसअघि केन्याको उपराष्ट्रपति रहनुभएका विलियम रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।उहाँका निकटतम प्रतिद्धन्द्धी ओडिङगाले ५८ दशमलव ८ प्रतिशत मत पाउनुभयो । पूर्वप्रधनमन्त्री ओडिङ्गालाई वर्तमान राष्ट्रपति उहुरु केन्याटाको समर्थन रहेकाे थियो । चुनावमा पराजित भएपछि ओडिङ्गाले निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएको छ ।

निर्वाचन आयोगका सात मध्ये ४ पदाधिकारीले चुनावी परिणाममा हस्ताक्षर गर्न अस्विकार गरेपछि केन्यामा केही तनाव उत्पन्न भएको थियो । केन्याको कुखुरा ब्यापारीबाट राजनैतिक जीवन सुरु गर्नुभएका रुटो अन्ततः मुलुकको राष्ट्रपति बन्न सफल हुनुभएको हो । राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै विलियम रुटोले यो जित आफ्नो नभई केन्याली जनताको जित भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू