अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:४० मा प्रकाशित

इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ ।अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित बनेको हो ।

इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिवान लडाकु मारिएका छन् । साथै अर्का एक जना घाइते भएपछि तालिवान इरानप्रति रुष्ट बनेको हो । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिवान सेनाहरूबीच केही सातादेखि झडप जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू