अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

दुश्मनको भन्दा रुसी हतियार कैयौं गुणा शक्तिशाली भएकाे राष्ट्रपति पुटिनको दावी

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:३९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा प्रणाली दुश्मनहरुको भन्दा कैयौं गुणा शक्तिशाली र आधुनिक भएको दावी गर्नुभएको छ ।युक्रेनसँगको झण्डै ६ महिना लामो युद्धमा अपेक्षित सफल हुन नकसेकिरहेका बेला रुसी राष्ट्रपतिले दुश्मनका हतियार भन्दा रुसी हतियार कैयौं गुणा आधुनिक र शक्तिशाली भएकाे दावी गर्नुभएको हो । रुसको रक्षा प्रणाली अन्य देशहरुको भन्दा दशकौं अगाडि र कैयौं गुणा शक्तिशाली रहेको उहाँको दावी थियो ।

उहाँले रुसी गठबन्धनका देशहरुलाई हतियार, साना हतियार, गोला बारुद र एअरक्राफ्टलगायत सहयोग गर्ने पनि बताउनुभएको छ । चीन, भारत, इरान, ल्याटिन अमेरिका र अफ्रिकी देशहरु रुसी गठबन्धनमा रहेको उहाँको संकेत थियो । युक्रेन युद्धको सन्दर्भमा बोल्दै उहाँले आफ्नो सेनाले डोनबास क्षेत्रमा जे गर्नुपर्ने हो त्यो नै गरिरहेको बताउनुभयो । रुसी सेनाले चरणवद्ध रुपमा डोनबास क्षेत्रलाई स्वतन्त्र बनाईरहेको उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू