अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

फिफाद्वारा भारतलाई अनिश्चित प्रतिबन्ध

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:२५ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।फिफाले एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू