अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

देशभर थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन ३१ गते ५:५१ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ६ सय १९ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ७ सय २२ जनाको पीसीआर र २ हजार ८ सय ९७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ५ सय २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू