अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

चेल्सी र टोटनह्यामले खेले बराबरी

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:४० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् ।आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् ।चेल्सीको मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक गोल गरे ।खेलको १९ औं मिनेटमा कुलीबालीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ६८ औं मिनेटमा होजवर्गले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा केनले गोल गर्दै टोटनह्यामलाई २–२ को बराबरीमा ल्याएका थिए ।यो खेलमा तातो बहसमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टे दुवैले रातो कार्ड पाएका छन् ।

यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ । टोटनह्याम अंक तालिकाको चौथो स्थानमा तथा चेल्सी सातौंमा छ । आइतबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा नटिङ्घम फरेष्टले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हरायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू