अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगल किशोर राई नियुक्त

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:३९ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगल किशोर राई नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले युगललाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । यस्तै विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईं रहेका छन् । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनीहरुलाई नियुक्त गरेको हो । नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुँदैछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू