अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

इजिप्टमा आगलागीमा परी मृत्यु हुनेकाे संख्या ४१ पुग्यो

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:०३ मा प्रकाशित

इजिप्टको गिजामा रहेको एक चर्चमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।गिजाको कोप्टिक अबु सिफिन चर्चमा करिब ५ हजार मानिसले प्रार्थना गरिरहेकाे समयमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । विद्युत सर्टभई आगलागी भएकाे आशंका गरिएको छ ।

आगलागीमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेकाे जनाइएकाे छ । आगलागीमा घाइते भएकाहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने त्यहाँका संचार माध्यमले जनाएका छन् ।

यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागीमा परेर ज्यान गुमाएका परिवारप्रति समबेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू