अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

सुडानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:०० मा प्रकाशित

सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् ।सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले छ । बाढी बस्तीमा प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् ।

मौसमविदका अनुसार सुडानको उत्तरी र मध्य क्षेत्रमा जारी वर्षा अझ केही दिन रहने छ । बाढीमा सयौं सवारीसाधानमा क्षति पुगेको छ भने दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनसमेत नष्ट भएको छ । यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ । सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू