अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

भ्रष्टाचारको चार मुद्दामा सूचीलाई ६ वर्ष जेल

बिआरटीनेपाल २०७९ साउन ३० गते ६:५७ मा प्रकाशित

म्यानमारको एक अदालतले नेतृ आङ सान सूचीलाई भ्रष्टाचारको चार मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।सोमबार त्यहाँको ताव जेलको विशेष अदालतले कलावाङ्ग वन भूमिसँग जोडिएको तीन भ्रष्टचाकारको मुद्दामा तीन वर्षको सजाय सुनाएको हो ।

यसको अलावा एक बिल्डिङ्ग प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ ।

गतवर्ष म्यानमारको सेनाले सत्ता कब्जा गरेदेखि नै सुची जेलमा रहदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू