अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

‘विधिको शासन र मानव अधिकार सुदृढ गर्नु साझा दायित्व’: गृहमन्त्री बालकृष्ण खाँण

बिआरटीनेपाल २०७९ साउन ३० गते ६:२३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।सोमबार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सृदृढ बनाउनु साझा दायित्व भएको बताउनुभएको हो ।

मन्त्री खाँणले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो । मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरूको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू