अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

आर्सनल र म्यान्चेस्टर सिटीको सहज जित, म्यान्चेस्टर युनाइटेड भने पराजित

बिआरटीनेपाल २०७९ साउन २९ गते ६:१५ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले सहज जित निकालेका छन् भने म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले हरायो । सिटीको लागि इके गुन्डोगान, केभिड डे ब्रायन र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका जेफर्सनल लेर्माले एक आत्माघाति गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हरायो । आर्सनलको जितमा ग्याब्रियल जिससले दुई गोल गर्दा ग्रानिट झाका र मार्टीनेलीले एक एक गोल थपे । पराजित टोली लेस्टर सिटीका जेम्स म्याडिसनले एक गोल गर्दा आर्सनलका सालिबाले एक आत्माघाति गोल गरे । शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई भने ब्रेन्टफोर्डले ४–० ले पराजित गरेको छ । ब्रेन्टफोर्ड विरुद्धको खेलमा म्यान्चेस्टर युनाइटेडले पहिलो हाफमै चार गोल खाएको हो ।

अन्य खेलहरुमा एस्टन भिल्लाले एभर्टनलाई २–१ ले हराउँदा साउथह्याम्प्टन र लिड्स युनाइटेडले दुई दुई गोलको तथा वुलभरह्याम्प्टन र फुल्हमले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया