अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ साउन २८ गते ५:२२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताउनुभएको छ । लोकतान्तित्रक शेर्पा संघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताउनुभयो । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने उहाको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू