अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

कांग्रेसले भदौ १० गतेदेखि निर्वाचन केन्द्रित कार्यक्रम गर्ने, मनोनयनको औपचारिक पत्र देउवाले दिने

बिआरटीनेपाल २०७९ साउन २८ गते ५:२४ मा प्रकाशित

नेपाली कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम भदौ १० गतेदेखि गर्ने निर्णय गरेको छ। यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको कार्यक्रम शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नयाँ मिति तय गरेको हो। पार्टी कार्यालय सानेपामा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ। निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि भएको छ।

‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने,’ निर्णयमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू