अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

इंग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:३९ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज सात खेल हुँदैछन् ।नेपाली समय अनुसार साँझ पौने ८ बजे आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीसँग खेल्दैछ । खेलमा आर्सनल लगातार दोस्रो जितको निकाल्न चाहान्छ भने लेस्टर पहिलो जित निकाल्न चाहन्छ ।यस्तै म्यानचेस्टर सिटीले, आर्सनल, म्यानचेस्टर युनाइटेडलगायतको टिमले आजको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी साविक विजेता सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ, सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ भने बर्नेमाउथ पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।राति १०ः१५ बजे म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डको सामना गर्नेछ ,म्यान्यृु पहिलो जितको खोजीमा हुनेछ भने ब्रेन्टफोर्ड पनि पहिलो जित निकाल्न चाहन्छ ।

आजका अन्य खेलमा एभर्टनले एस्टन भिल्लासँग खेल्नेछ । ब्राईटनले न्युकासल युनाइटेडसँग खेल्दा लिड्सले साउथह्याम्पटनको सामना गर्नेछ । प्रतिस्पर्धा गर्दा उल्भ्स र फुलहमबीच भिडन्त हुनेभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू