अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मानमाथि आक्रमण, गम्भीर घाइते सल्मानको भेन्टिलेटरमा राखेर उपचार हुँदै

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:३६ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणमा परी लेखक सल्मान गम्भीर घाइते भएका हुन् । चौतौकुवा इन्स्टिच्युटमा बोलिरहेका बेला ७५ वर्षीय लेखक सल्मानमाथि स्टेजमै आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सल्मानमाथि आक्रमण गरेका थिए । आक्रमणले सल्मानको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

सल्मानलाई हेलिकाेप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भेन्टिलेटरमा रहेका लेखक सल्मान बोल्न नसक्ने अवस्थामा रहेको जारी वक्तव्यमा उल्लेख गरिएकाे छ ।

सल्मानमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यू जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू