अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी दुर्घटना, डीएसपीसहित पाँच जना घाइते

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:१२ मा प्रकाशित

रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते हुँदा रुकुम पूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू