अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

१७ वर्षमुनिकाे प्रशिक्षणबाट १५ जना खेलाडी बाहिरिए

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:२९ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–१७ च्याम्पियनशिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ जना खेलाडी बाहिरिएका जनाएको छ । बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ जना बाहिरिएका एन्फाले जनाएको हो । अब प्रशिक्षणमा ३० जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ ।

यससँगै अब यू–१७ को बन्द प्रशिक्षणमा ३० जना खेलाडीमात्र रहेका छन् । श्रीलङ्कामा सेप्टेम्बर ५ मा आयोजना हुने साफ यू–१७ च्याम्पियनशिपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स छन् ।

यस्तै यू–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू