अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

युवा शैक्षिक बेराेजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:२३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो । सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘देशमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने आवश्यक छ । युवालाई जीवनाेपयोगी सीप र सिकाइबाट स्वदेशमा नै सहज रूपमा जीवीकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको छ । त्यसका लागि अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कामलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू