अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

कांग्रेसले मधेशमा निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गर्न प्रतिनिधि खटाउने

बिआरटीनेपाल २०७९ साउन २७ गते ७:५४ मा प्रकाशित

नेपाली कांग्रेस मधेस प्रदेशले संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने भएको छ ।शुक्रबार पार्टी कार्यालयमा धनुषामा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले मातहतका निकायलाई निर्वाचन केन्द्रित कार्यक्रमहरू तयार गरी सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरू परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकले मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संघ र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुंग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकल गरेको सूचना, सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

कांग्रेसले आफ्ना पार्टीबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीलाई उपस्थिति प्रभावकारी बनाउन निर्देशन दिने निर्णय छ । मधेस प्रदेशमा कांग्रेसबाट रामसरोज यादव भौतिक मन्त्री र वीरेन्द्र सिंहले खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू