अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे पदमुक्त

बिआरटीनेपाल २०७९ साउन २७ गते ७:४८ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।यो निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको गाठो तत्कालका लागि फुकेको छ ।ललितपुर स्थित एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले असार ६ गते सम्पन्न निर्वाचन पछि नियुक्त गरिएका अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई पदपुक्त गराउने निर्णयसँगै एन्फाको गाँठो तत्कालका लागि फुकेको हो ।

पाण्डेलाई अध्यक्षको प्रमुख सल्लाहकारमा राखिने एन्फाले जनाएको छ । पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो कार्यसमिती बैठकले महासचिबमा किरण राई, कोषध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक पाण्डेलाई नियुक्त गरेको थियो ।महासचिव राई र कोषाध्यक्ष जोशीको नियुक्तीमा कुनै विवाद नउठे पनि पाँडको नियुक्ती भने विवादित बनेको थियो । सोही विवाद पछि कार्यसमितिको बैठक दुई पटक स्थगित भएको थियो । बिहीबारको बैठकले सुरेश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

लामो प्रयास पछि सम्पन्न बैठकले विभिन्न अन्य निर्ण पनि गरेको छ । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) असोज तेस्रो साता आयोजना गर्न दिने निर्णय गरेको छ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपालमा आयोजना गर्ने र प्रशिक्षणको जिम्मा प्रदिप हुमागाईलाई दिने, नेपालमा नै आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको टिकट मूल्य निर्धारण, ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता आयोजना गर्ने मिति समेत तय बैठकले गरेको छ ।

यस्तै, उपाध्यक्ष विराट जंग शाहिको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्यह र महासचिव किरण राई सदस्य सचिव रहने गरी पदपूर्ति समिति पनि गर्ने निर्ण गरेको छ । कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ भने नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो । बैठकले विगतमा भएको सम्झौतामा त्रुटि पूर्ण रहेको भन्दै सम्झौता खारेज गरेर सम्झौता नविकरण गर्ने जनाएको छ ।

त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन भएको छ । समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन् । बैठकले एनसएसल सँगै सहिद सि डिभिजन छनोट असोज १ देखि असोज ३० गतेसम्म गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया