अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:५८ मा प्रकाशित

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएकाे हाे । नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो ।

झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएको थियो । महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।

उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू