अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

लोकतन्त्रको समर्थनका लागि ताइवान भ्रमण : न्यान्सी पेलोसी

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:५७ मा प्रकाशित

अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ ।उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएकाे बीबीसीले जनानएको छ ।

उहाँको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ । चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्दै आएको छ र अन्ततः आफ्नै नियन्त्रणमा आउने ठान्छ । तर, स्वशासित ताइवानले आफू चीनबाट अलग्गै रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू