अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:५० मा प्रकाशित

यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ ।फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै मड्रिडले सुपर कप जितेको हो ।

खेलमा मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जिमाले एक एक गोल गरे ।खेलको ३७ औं मिनेटमा अलाबाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । त्यसपछि ६५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

गत मे महिनामा लिभरपुललाई हराउँदै युएफा च्याम्पियन्स लिग जितेको मड्रिडले बुधबार रातिको खेलमा युरोपा लिग च्याम्पियन फ्रयाङ्कफर्टलाई हराउन खासै कडा परिश्रम गर्नुपरेन । यो खेलमा गोल गरेका फ्रेन्च स्ट्राइकर बेन्जिमाले यस वर्षको ‘बालोन डे ओर’ उपाधिमा बलियो दावेदारी पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू