अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

अमेरिकाको नेभाडा राज्यको पर्यटन दूतमा दोस्रो पटक शर्मा नियुक्त

बिआरटीनेपाल २०७९ साउन २५ गते २१:४३ मा प्रकाशित

कोलोराडो । नेपाली व्यबसायी तथा मकालु ट्राभलका सिइओ किरण शर्मालाई नेपाल सरकारले अमेरिकाको नेभाडा राज्यको पर्यटन दूतमा दोस्रो पटक नियुक्त गरेको छ । विगत १२ वर्ष देखी लस भेगासमा दर्ता गरी सञ्चालन गरेको मकालु ट्राभलले संसारभरि ग्राहकलाई सेवा दिइरहेको छ ।

नेपालको बसाई क्रममा शर्माले पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपाललाई कसरी प्रमोट गर्ने कुरामा छलफल गरेका थिए । छलफलका क्रममा नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने रचनात्मक तरिका, अमेरिकामा प्रचार प्रसारका विभिन्न कार्यक्रमहरू गर्ने विषयमा पनि छलफल गरेका थिए ।

शर्माले नेबाडा राज्यमा मात्रै नभई अमेरिका विभिन्न सहरमा प्रचार प्रसारका कार्यक्रमहरू पनि गरिरहेका छन् । बिआरटी नेपालसँगको कुराकानीमा अमेरिकाबाट जति सक्दो पर्यटकहरू भित्र्याउन कोसिस गर्ने पर्यटन दूत शर्माले जानकारी गराएका छन् ।

प्रतिक्रिया