अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

बिहारको मुख्यमन्त्रीका रूपमा नीतीश कुमारद्वारा आठौँ पटक शपथ

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:१० मा प्रकाशित

बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नीतीश कुमारले पटना राजभवनमा आज बुधवार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठाैँ पटक हो । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उहाँ पुनः मुख्यमन्त्रीमा पदासिन हुनुभएको छ । सात दलीय महागठबन्धनको हिजोको बैठकले उहाँलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो । तेजस्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उहाँ फेरि सत्तामा पुग्नुभएको हो ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिनुभयो । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित हुनुहुन्थ्यो ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जित्न माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधान सभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नीतीश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू