अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

हलिउड स्टार ओलिभिया न्यूटन जोनको निधन

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:४४ मा प्रकाशित

हलिउड स्टार ओलिभिया न्यूटन जोनको ७३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेकी ओलिभियाको सोमबार दक्षिणी क्यालिफोर्निया स्थित आफ्नै घरमा निधन भएको हो । उनको निधन भएको खबरलाई उनको श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । जोनले ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत बताएका छन् ।

७० को दशककी गायिका तथा अभिनेत्री ओलिभिया ३ पटक ग्रामी अवार्ड विजेता समेत रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू