अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:४३ मा प्रकाशित

बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ ।बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बंगलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेशमन्त्रीले बंगलादेशसँग गर्नुभएको छ ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीलाई पुनः स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो । तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरेपनि शरणार्थीहरूले म्यानमारमा आफ्नो सुरक्षा नहुने भन्दै सम्झौता कार्यान्वयन गर्दा सुरक्षाको ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय समुदायसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू