अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

जापानमा सत्तारुढ दलका वरिष्ठ नेता र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट,दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल

बिआरटीनेपाल २०७९ साउन २४ गते ६:५७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइसँग भेट गर्नुभएको छ । पाँच दिनको जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले मंगलबार राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गर्नुभएको हो ।। भेटको क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो ।

भेटवार्ताबारे अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेजबाट पनि सूचना सार्वजनिक गरिएको छ । यस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रचण्डको फेसबुक पेजमा जारी सूचनामा भनिएको छ । जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान जानुभएका प्रचण्डले अधिकांश समय नेपाली समुदायसँग विताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू