अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

चीनमा नयाँ भाइरस भेटियो, दुई प्राप्तका ३५ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७९ साउन २४ गते ६:४८ मा प्रकाशित

चीनमा अर्को नयाँ भाइरस भेटिएको छ ।चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

संक्रमित ३५ जना जनामध्ये २६ जनामा ज्वरो आउने, थकाइ लाग्ने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सर्ने नसर्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू